प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

काठमाडौँ / प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments