धर्मदेवी नगरकार्यपालिका सदस्य कार्कीको निधन

धर्मदेवीनगरपालिका–८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनुभयो ।

सङ्खुवासभा / सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयघातका कारण मृत्यु भएको छ । धर्मदेवीनगरपालिका–८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनुभयो । उहाँको आज उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार हृदयघात भएपछि सदस्य कार्कीलाई तत्कालै नोबेल अस्पताल भर्ना गरिएको थियो । उहाँको मृत्युको सोकमा आइतबार एकदिन नगरपालिकाअन्तरर्गतका सम्पूर्ण कार्यालय बिदा दिने निर्णय भएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments