शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्ने

साथै संयोजक प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गर्नुभयो ।

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताउनुभयो ।

सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै काम पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै संयोजक प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments