नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन

तस्विर: नेपाल प्रहरी

कुल रु नौ करोड ९४ लाख ७४ हजार ६७६ को लागतमा उक्त पेट्रोलपम्प तथा पूर्वाधारहरूको निर्माणकार्य सम्पन्न भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ / प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन गर्नुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट भर्चुअल माध्यममार्फत उक्त पेट्रोलपम्पको उद्घाटन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गरीरहेको उल्लेख गर्दै नयाँ पूर्वाधारबाट गुणस्तरीय इन्धन उपलब्ध गराउन र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी शान्ति, सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य सङ्गठनका रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाइराख्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो ।

कुल रु नौ करोड ९४ लाख ७४ हजार ६७६ को लागतमा उक्त पेट्रोलपम्प तथा पूर्वाधारहरूको निर्माणकार्य सम्पन्न भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments