 
                    सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी संचारकर्मी एवं सामाजिक अभियन्ता कल्पना महर्जनको नेतृत्वमा बालबालिकाको खोजि र उद्दार गरिएको हो।
काठमाडौँ / भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा परिवारको जिम्मा लगाइएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पुरा गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाका अभिभावकहरूलाई जिम्मा लगाइएको हो।
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी संचारकर्मी एवं सामाजिक अभियन्ता कल्पना महर्जनको नेतृत्वमा बालबालिकाको खोजि र उद्दार गरिएको हो। बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केहि समयदेखि मानब बेचविखन विरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय छिन। सगमाथाको शिखरबाट ‘बालविवाह विरुद्धको अभियान’ उद्घोष र किन इन्डियाको ग्लोबल ब्राण्ड एम्भेबस्डर चुनिएसंगै आरोही महर्जनले मानव बेचविखन विरुद्धको अभियान र उद्धार कार्यलाइ सक्रिय बनाएकी छिन्।
उद्धार गरिएका बालबालिकाहरूमा मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेश प्रदेश समन्वय अधिकृत संजिव कुमार महतोले जानकारी दिनु भएको छ ।
घरेलु काममा फसेका महोत्तरीको जलेश्वर नगरपालिका-६ का वर्ष १४ का विकास कुमार महतो, वर्ष १७ का कृष्ण सदा, वर्ष १४ का रवि सदा, वर्ष १२ का विकास सदा, वर्ष १२ का विवेक सदा र महोत्तरी सम्सी गाउँपालिका – ६ का वर्ष ९ का रवि ठाकुरको उद्धार गरिएको छ। त्यस्तै, धनुषाको शहिदनगर नगरपालिका- १ का वर्ष १२ का विवेक सदा, वर्ष १३ का करण सदा, धनुषाधाम नगरपालिका – ११ का वर्ष १२ का रोहित सदा, वर्ष १२ का सुरत कुमार सदा, रौतहटका वर्ष १५ का मुगले आजम, सप्तरीका डाक्नेश्वरीका ९ का वर्ष १४ का जीत कुमार पण्डित, सिरहा वर्ष १४ का समीर कुमार भुजेल र वर्ष १२ का सौगात बयलकोटी रहेका छन् ।
जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न सप्तरी जिल्ला घर भएकी वर्ष १५ र १६ वर्षकी दुई जना बालिकालाई किन इन्डियाले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाम मार्फत अभिभावकको जिम्मा लगाउने काम भएको संस्थाका अध्यक्ष नवीन जोशीले बताए।
किन इन्डियाका अध्यक्ष जोशीले मधेश प्रदेशबाट ठूलो सङ्ख्यामा बालबालिकाहरूलाई भारतमा लगेर स्क्रिनको व्यापारमा लगाउने, किडनी झिक्ने, यौन धन्दामा लगाउने गरेकाले प्रदेशमा सचेतना फैलाउन जरुरी रहेको बताउनु भयो ।
भारतमा उद्दार गरिएका बालबालिकाहरूलाई रोटरी क्लब लुम्बिनीको सहयोगमा जनकपुरधाम ल्याएर परिवारको जिम्मा लगाएर पुनर्मिलन गराएको छ। पुनर्मिलन कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवले उद्धार भएर आएका बालबालिकाको शिक्षा तथा सिपमूलक तालिममा संलग्न गराएर रोजगारी प्रदानका लागि प्रयास गर्ने बताए ।
सो अवसरमा नेपाल सरकारका पूर्व सचिव प्रेम उपाध्याय, समाजसेवी निर्मलकुमार चौधरी र धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, रोटरी क्लब लुम्बिनीका पदाधिकारीहरू, लायन्स क्लब अफ चाबहिल सिटी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित