दुर्घटनामा परि मृत्यु भएका नेपालीका लागि एनआरएनए यूकेद्वारा सहयोगको आव्हान

दुर्घटना बेलायती चर्चित र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको कारले ठक्कर दिँदा भएको बताइएको छ। बेलायती प्रहरीले उनलाई हिरासतमा लिएर खतरनाक ढंगले सवारी चलाउँदै गम्भीर चोट पुर्‍याएको अभियोग दर्ता गरेको पुष्टि गरेको छ।

लन्डन / बेलायतमा कार दुर्घटना हुँदा एक नेपालीकोको निधन भएको छ। दुर्घटनामा धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको निधन भएको हो ।

उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा बीएस्सी बिजनेस म्यानेजमेन्ट विषयको दोस्रो वर्षमा अध्ययनरत थिए।

दुर्घटना बेलायती चर्चित र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको कारले ठक्कर दिँदा भएको बताइएको छ। बेलायती प्रहरीले उनलाई हिरासतमा लिएर खतरनाक ढंगले सवारी चलाउँदै गम्भीर चोट पुर्‍याएको अभियोग दर्ता गरेको पुष्टि गरेको छ।

एनआरएनए यूकेका अनुसार युविन आफ्ना बाबुआमा – विकास तामाङ र शर्मिला मगर तामाङका एक्ला छोरा थिए। परिवारले धार्मिक परम्पराअनुसार अन्त्येष्टि नेपालमै गर्न चाहेका कारण, एनआरएनए यूकेसंग गरेको आग्रहपछि संस्थाले शव नेपाल लैजाने उद्देश्यले चन्दा संकलन अभियान सुरु गरेको छ।

संस्थाले भनेको छ, “तपाईको सानो सहयोगले पीडित परिवारलाई ठूलो राहत मिल्नेछ।” एनआरएनए यूकेले दोषीलाई कानूनी रुपमा कडा सजाय हुने विश्वास व्यक्त गर्दै युविनको आत्माको चीरशान्तिको कामना गर्दछौं ।

एनआरएनए यूकेले सबै नेपाली समुदायलाई आर्थिक, नैतिक र सामाजिक सहयोगका लागि अपिल गरेको छ। सहयोग गर्न इच्छुकले नोभेम्बर ९ सम्म निम्न खातामा रकम जम्मा गर्न सक्नेछन्:

बैंक बिवरण:
Account Name: NRNA UK
Sort Code: 08-71-99
Account Number: 11156682
Reference: Late Yubin

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments