हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।
मनाङ / जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ ।
हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।
“सोमबार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ । पदयात्रा भने अझै खुलेको छैन”, उहाँले भन्नुभयो, “हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन ।”
करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो । त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए । हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका करिब ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित