विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक कार्यक्रमविच धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठले सार्वजानिक गरेका हुन् ।
काभ्रेपलान्चोक / चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृय प्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति ‘अर्बुद मन्थनः दीर्घ जीवन’ सार्वजनिक भएको छ।
विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक कार्यक्रमविच धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठले सार्वजानिक गरेका हुन् ।
पुस्तक सार्वजनिक गर्दै डा. माकाजूले क्यान्सर रोग लाग्नुभन्दा अगाडि नै बुझेर रोकथाम गर्न सकिने र लागिहालेमा कसरी निदान गर्न सकिन्छ भन्नेबारे पुस्तकमा पढ्न पाइने उल्लेख गर्दै क्यान्सर रोग निदानमा पुस्तक सहयोगी हुने अपेक्षा गरे ।

नेपालीहरुलाई अधिकतर लाग्ने विभिन्न क्यान्सर रोगहरुबारे विस्तृतमा निकै सरल तवरले व्याख्या गरिएको लेखक डा . सुमनले जानकारी दिए । उनका अनुसार, क्यान्सरसम्बन्धी अन्य नेपाली पुस्तकहरू भन्दा यसमा मेडिकल शब्दावली र अंग्रेजी शब्दावलीलाई भरसक कम गरिएको छ ।
एकाध त्यस्ता शब्दावलीलाई पनि बुझिने गरि प्रष्ट्याइएको छ । विषयगतरूपमा अङ्ग विशेषका क्यान्सर समस्याबाहेक ती समस्या पत्ता लगाउन प्रचलित पहिचान विधिहरू, उपचारका विविध विकल्पहरुका साथै ती क्यान्सर रोकथामका लागि अवलम्बन गर्नुपर्ने महत्वपूर्ण जानकारी पनि समेटिएको उनले जानकारी दिए ।
यस अघि स्वास्थ्य, शिक्षा, संस्कृति सम्वन्धी १७ वटा पुस्तक प्रकाशित गरिसकेका डा. सुमनले योसहित यस वर्षमा तीनवटा पुस्तक प्रकाशन गरिसकेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित