सिंगापुर एयरपोर्टबाट ह्वीलचेयर चढेर बाहिरिए देउवा दम्पती

तस्विर सौजन्य: सुवास कार्की

विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएकाले उनीहरूको स्वास्थ्य अवस्था असामान्य रहेको बुझिएको छ ।

काठमाडौं / नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा गएराति स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत उडेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएकाले उनीहरूको स्वास्थ्य अवस्था असामान्य रहेको बुझिएको छ । यधपी, सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार ‘यो नियमित स्वास्थ्य परीक्षण र उपचारको लागि तय भएको भ्रमण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments