काठमाडौँ/ प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् ।
राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको छ । नयाँ मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनार र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित