छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न

धनुषा/ मिथिलाञ्चनको महान चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ ।

मधेस प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।

यस विधिअन्तरगत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कि गीतादेवी साहले बताउनुभयो ।

छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।

तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताउनुभयो । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उहाँले जानकारी दिनुभयो ।

यसैगरी स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैधलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments