गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्नुभएको होइन: पशुपति क्षेत्र विकास कोष

बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गर्नुभएको कोषले जनाएको छ ।

काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ ।

कात्तिक ५ गते बुधबार गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शन गर्नुभए र निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । पशुपतिनाथको मूल मन्दिरभन्दा बाहिरको नैऋत्य कोणमा बनाइएको ढोकाअघि खिचेको तस्बिर शेयर गरी सामाजिक सञ्जालमा गलत प्रचार गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य सचिव हुँदा खोलिएको ढोकाअघि गृहमन्त्रीले तस्बिर खिचाउनुभएको थियो । आर्यघाट हुँदै गुह्येश्वरी मन्दिरतिर जाने बाटोसँगै त्यस पेटीमा गृहमन्त्री अर्याल परिवारसहित निमित्त सदस्य सचिव र एक जना पण्डित पनि भएको तस्बिरलाई गलत रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कोषले जनाएको छ ।

बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गर्नुभएको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments