कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताउनुभयो । “खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुङ्गा पनि सञ्चालनमा ल्याएका छौँ ।” यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उहाँको भनाइ छ ।

नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुङ्गा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताउनुभयो । “नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुङ्गा पनि सयर गर्न पाउछन्”, उहाँले भन्नुभयो, “त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ ।” उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुङ्गा उपलब्ध गराएको हो ।

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गर्नुभयो । यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उहाँले बताउनुभयो ।

ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताउनुभयो । “ड्याम नहुँदा सिँचाइमा समस्या थियो”, उहाँले भन्नुभयो, “ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याईरहेको छ भने डुङ्गा सञ्चालनले आयाआर्जन बढाउने अपेक्षा गरिएको छ ।”

यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्‍याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताउनुभयो । “यहाँ पहिला सानो पानीको मुहान थियो । त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो । यसले पर्यावरणलाई पनि सहयोग पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news