तस्विर: अनलाइनखबर
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कञ्चनपुरसहित महाकाली नदिको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । उनको सम्मानमा सशस्त्र प्रहरीको एक टुकुडीले सलामी अर्पण गरेको थियो ।
जोशीको शव इजरायलबाट सोमबार काठमाडौं ल्याइपुर्याइएको थियो । त्यसलगत्तै नेपाली सेनाको स्काइ ट्रकबाट साँझ धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
राति अबेर घरमा शव ल्याइपुर्याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित