घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्र्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दी / घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैसीको गोठनै हुँदैनन् । सहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो ।

राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्र्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताउनुभयो ।

“कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन,” ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भन्नुभयो, “पशुहरू जङ्गलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वासो, स्याल देखेपछि भूकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।”

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेडापालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन् । ६० वर्षदेखि भेडापालन गर्दै आउनुभएका ८३ वर्षीय पुनले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो ।

कुकुरको सहयोग बिना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैसी, भेडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरिर भएका देख्दै डरलाग्दा कम्तिमा दुई वटा ‘भोटे कुकुर’ पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाइनै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ ।

आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

बिहान र बेलुका पिठोको खोलेका साथै भेडाको दूध र मासु गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा १० देखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news