तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ रु पाँच करोड तीन लाख र अन्यतर्फ रु ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ ।

कैलाली / कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ रु पाँच करोड तीन लाख र अन्यतर्फ रु ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि राजस्व लक्ष्यअनुसार सङ्कलन भएको थिएन । गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news