‘जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो ।

काठमाडौँ / सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने(रोशन)को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक(रेफ्रि)लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो ।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक/एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई/दुई गरी १० टोलीको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा उहाँका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news