गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म

काठमाडौँ/ ‘सर नमस्कार, जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका एक जनालाई समस्या आइपर्‍यो, सहजीकरण गरिदिनुपर्‍यो”, गृहमन्त्रालयमा स्थापना भएको जेनजी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले गुनासोलाई सम्बन्धित ठाउँमा ‘रेफर’ गरिदिनुभयो ।

यही असोज ७ गते स्थापना भएको जेनजी हेल्पडेस्कमा खड्कासँगै दैलेखका राजेन्द्र अधिकारी र मोरङका जुनाल गदाल हरेक दिन यसैगरी गुनासा सुन्नुहुन्छ र सम्बन्धित ठाउँमा पुर्‍याउनुहुन्छ । “बिहान १० बजेदेखि काम सुरु हुन्छ, तर घर फर्कने टुङ्गो हुँदैन, कहिलेकाँही रात पनि यहीँ बित्छ”, खड्काले कामको व्यस्तता सुनाउनुभयो । फोन गर्नेहरु अधिकांशले आफ्ना गुनासा, सससुनाउँछन् भने कतिपयले सहयोगको अपेक्षा पनि राख्छन् ।

खड्काका अनुसार यो कुनै सरकारी नियुक्ति होइन । जेनजी समूहले स्वयमसेवकका रुपमा उहाँहरुलाई हेल्पडेस्कमा खटाएको हो । दैलेखका राजेन्द्र अधिकारीको अनुभवमा सिंहदरबारभित्र बसेर सहयोगी भूमिका निभाउन सजिलो नहुने रहेछ । “पहिले त जेनजीलाई सिंहदरबारभित्र छिर्न पनि चुनौती थियो, अहिले विस्तारै सहज बन्दै गएको छ, हेल्पडेस्कमा काम गर्दा धेरै फरक अनुभव पनि भइरहेको छ ।”

अधिकारीका अनुसार फोन गर्नेहरुले सिंहदरबारमा पस्ने गेट पासदेखि अस्पतालमा उपचाररत घाइतेका समस्या सुनाइरहन्छन् । “प्रक्रियागत काम गर्दा कहिलेकाँही केही ढिला पनि हुन्छ, अलिकति ढिला हुँदा केही जेनजी साथीहरु रिसाउनुहुन्छ, हामीलाई कतिपय अवस्थामा सम्झाउन पनि गाह्रो हुन्छ ।”

जेनजी हेल्पडेस्कमा हालसम्म १२४ वटा गुनासा रेकर्ड भएका छन् । जसमध्ये ८३ वटा गुनासा जेनजीले गरेका छन् । जेनजी आन्दोलनका पीडित र पीडितका परिवारमा देखिएको समस्या सुल्झाउनतर्फ आफूहरु बढी केन्द्रित भएको अधिकारीको भनाइ छ । त्यसबाहेक स्थानीयस्तरमा भोग्नुपरेका गुनासा पनि हेल्पडेस्कमा आउँछन् ।

मोरङका जुनाल गदालका अनुसार जेनजीका समस्यासँगै सिमान्तकृत समुदायले भोग्नुपरेका समस्या, सहकारीपीडितले पनि हेल्पडेस्क गुहार्छन् । “कतिपयले त हामीले उहाँका दुःखेसो सुनिदिँदा मात्रै पनि राहत महसुस गर्नुहुन्छ”, गदालले भन्नुभयो, “यद्यपि अहिले हामी जेनजीलाई नै केन्द्रित गरेर सहयोग गर्दै आएका छौँ ।”

उहाँका अनुसार कतिपय घाइते अस्पतालबाट डिस्चार्ज भएपछि दुःख पाएको अवस्था छ । यस्ता गुनासालाई हामीले उपलब्ध स्रोत र साधनबाट जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरिन्छ । “हामीले यहाँ बसेर काम गर्दा सिहंदरबार र नागरिकबीच ठूलो खाडल रहेको पायौँ, यहाँ आएपछि नागरिकका पीडाबारे बोध भएको छ, उहाँको पीडामा मलहम लगाउने हाम्रो प्रयास हो ।”

हेल्पडेस्कमार्फत गुनासो गर्दा जेनजीले सहयोग गर्छन् भन्ने धेरैलाई विश्वास लागेको उहाँको बुझाइ छ । यसले आफूहरुलाई थप जिम्मेवार बनाएको उहाँहरुको भनाइ छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कतिपयले असुरक्षित महसुस गरेको, शान्ति सुरक्षामा चुनौती देखिएको र जेनजी पुस्ताका थुप्रै गुनासो आउने हुँदा समाधानका लागि हेल्पडेस्क राखेको बताउनुभयो । जसमा जेनजी पुस्ताका युवाहरुले नै गुनासो सुन्नुहुन्छ र समाधानमा सहजीकरण गर्दैआउनुभएको छ ।-मधु शाही/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus