काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबिच शीतल निवासमा छलफल जारी छ । बिहीबार अपराह्न साढे ५ बजेदेखि जेनजीका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरिरहेका हुन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीसहित जेनजीहरु सहभागी छन् ।
जेनजी बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित