संघीय बजेट नआउने भएपछि शीर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक/ बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ । चौध वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ ।

सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२/८३ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो ।

अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार २०६८ सालमा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई सङ्घीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

नगरले यही असोज २७ गते अस्पताललाई पत्र लेख्दै आउँदो कात्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न पत्राचार गरेको थियो । उक्त कार्यक्रममार्फत सुत्केरी हुने महिलाका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, बिरामीको तर्फबाट २० प्रतिशत र सङ्घीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार सुत्केरी हुँदाका बेला उपचारमा भएको खर्चमा सङ्घीय सरकारले अस्पतालका लागि शल्यक्रिया गर्नुपरेमा रु १० हजार र सामान्य अवस्थामा रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको थियो । यस्तै बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्न रु २५ हजारदेखि रु २९ हजार तथा सामान्य अवस्थामा रु तीन हजार ६०० देखि रु चार हजारसम्म खर्च हुँदै आएको थियो ।

Lahachhap
Lahachhap
Lahachhap

अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित गरे पनि ल्याब टेस्ट, युएसजी र एक्सरेबाहेकका सेवामा दिइरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेका लागि मात्र) र औषधिमा पाँच प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएको अस्पतालका स्वास्थ्य निर्देशक डा एन्जिला बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रकम तिर्न नसक्ने सुत्केरी हुँदा र भएपछि घर फर्कने खर्च भने अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराइने छ । अस्पतालका अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको गत आवमा मात्रै रु एक करोड ४० लाख च्यारिटीबाट उपलब्ध गराइएको थियो ।

चौध वर्षको अवधिमा उक्त कार्यक्रममार्फत २८ हजार महिलालाई सुत्केरी सेवा प्रदान गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । विसं २०१६ मा स्थापित अस्पतालले सुत्केरीको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ सञ्चालनमा ल्याएको जनाएको छ ।

Lahachhap
Lahachhap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments