काठमाडौँ / नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित