पूर्वसभामुख महरालाइ कारागार पठाइयो

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

भेपबाट सुन तस्करी गरेको आरोपमा महरा गत आइतबार पक्राउ परेका थिए । सोमबार र मंगलबार उनको बयान भएको थियो । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments