प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news