जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जनकपुर / जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको पहिलो एकताको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा विभिन्न जिल्लाबाट ५०० प्रतिनिधि र १०० पर्यवेक्षक सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुहुने प्रदेश अधिवेशन यही असोज २७ र २८ गते सम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजीले उठाएका मागसहितका विभिन्न विषयमा छलफल हुने प्रदेश अध्यक्ष यादवले जानकारी दिनुभयो । साथै अध्यक्ष पदाधिकारीसहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुने छ । प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष यादवले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधि वडा स्तरबाट छनोट भएर आउन लागेका छन् । पचास जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सुरु हुने आयोजकले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित