विश्वकप छनोटः नेपालद्वारा युएईलाई १४१ रनको लक्ष्य

काठमाडौँ / आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा जारी खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले १४ रन जोडे ।

बलिङतर्फ युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक÷एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments