काठमाडौँ / नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।
बैठक (भोलि) आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित