ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

बारा / छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।

उहाँका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । भाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments