मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

काभ्रेपलाञ्चोक/भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गर्नुभएको छ ।

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेकको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पु¥याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गर्नुभएको हो ।

उहाँले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माणकार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “थप उपकरण र जनशक्ति प्रयोग गरेर राती काम गरेर भएपनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिनुहोला ।”

मन्त्री घिसिङले सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले गतसाल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्गहुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिबृज निर्माणसमेत गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफहरुसँग समन्वय गर्नुपर्ने माग राखेका थिए । बाढीले कटान गर्दा उक्त राजमार्गको करिव चार किलोमिटर डाइभर्सन पुर्णरुपमा क्षति पुगेको छ । राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा आठ स्थानबाट खोला फर्काएर डाइभर्सन बनाउन सुरु गरिएको छ । उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान तथा सिन्धुलीको तीन खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

Lahachhap
Ifltu|:t lakL /fhdfu{df 8fO;e{g agfO{+b} sfe|]knf~rf]s, @# c;f]hM ut ;ftf /f]zL vf]nfsf] af9Ln] lakL /fhdfu{sf] ljleGg :yfgdf ;8s s6fg u/]kl5 c:yfoL ?kdf ;8s agfpg sfe|]knf~rf]ssf] gdf]a’4 gu/kflnsf–^ rf}sL8fF8fdf …8fOe;{gÚ lgdf{0f ul/Fb} . af9Lklx/f]sf] sf/0f pSt /fhdfu{ cGtu{t sfe|]knf~rf]ssf] rf}sL8fF8fb]lv l;Gw’nLsf] g]kfnyf]s;Dd @) lsnf]ld6/ ;8sdf oftfoftsf ;fwfg rn]sf 5}gg\ . tl:a/M /fhs’df/ k/fh’nL÷/f;;

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ । डाइभर्सन बनाउने काम काभ्रेपलाञ्चोक खण्डमा १२ स्काभेटर, ४ वडा ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ ।

यस्तै, सिन्धुलीको नेपालथोक लगायतका तीन स्थानबाटबाट पनि डाइभर्सन बनाउन थालिएको हो । सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेका अनुसार तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्मका निर्माण भैसक्नेछ भने अन्य एक स्थानमा नयाँ कटान गरेको कारण शुक्रबारसम्ममा डाइभर्सन बनिसक्नेछ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार हाल राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु-याएको हो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments