सगरमाथा चौधरी आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’को हब बनाउन सुझाव

सिरहा / विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीको सहभागी रहेको थियो । स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण तथा आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सशस्त्र प्रहरी बल सिरहाका उपरीक्षक नरेश भण्डारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रजिअ अधिकारीले सगरमाथा चौधरी आँखा अस्पतालले स्वदेशी तथा विदेशी बिरामीको सफल उपचार गरी राष्ट्रको गौरव बढाएको बताउनुभयो । उहाँले अस्पतालले आगामी सय वर्षलाई लक्षित गर्दै दीर्घकालीन योजना बनाएर ‘मेडिकल टुरिजम’को हब बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अस्पतालद्वारा प्रदान गरिँदै आएको सेवा र विस्तार योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

सगरमाथा चौधरी आँखा अस्पतालले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news