संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।

काठमाडौँ / सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग अपिल गरेको छ । गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।

नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्ने खोज्न अनुरोध गरेको छ ।

नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्ल्ेख छ ।

देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आमनागरिककोसमेत दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments