बस र ट्रक ठोक्किदा आठ जना घाइते

काभ्रेपलान्चोक / काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. ६ दुलालथोकमा यात्रुवाहक बसले आईचर ट्रकलाई ठक्कर दिदा ८ जना घाईते भएका छन् । ट्रकमा सवार ६ जना र बसमा सवार २ जना गरी ८ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन बिष्टका अनुसार बुधबार दिउसो काठमाण्डौबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा २ ख ६५७९ नं.को बसले सोही दिशा तर्फ जाँदै गरेको बा ५ ख ६८३ नं. को मिनि आईचरलाई ठक्कर दिदा मिनि अनियन्त्रित भई करिब १५० मिटर अगाडी पुगी सडकको दाहिनेपट्टि करिब १०० मिटर तल खसेको थियो ।

बिष्टका अनुसार ट्रकमा सवार जिल्ला सिन्धुपालचोक चौतारा सागाचोकगढीका ३० बर्षीय रेशम थापाको दुबै हात खुट्टमा चोट लागि घाईते भएको, जिल्ला काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ का ४३ बर्षिय आईतलाल तामाङको ढाड र पेटमा भित्री चोट लागेको, जिल्ला झापा बस्ने बर्ष ५८ को लाल बहादुर राईको दाहिने हात र दुबै खुट्टामा चोट लागेको, जिल्ला सिन्धुपालचोक चौतारा सागाचोकगढी नगरपालिका–१ बस्ने बर्ष ५८ को शेर बहादुर तामाङको शरिरको बिभिन्न भागमा चोट, सोही स्थान बस्ने बर्ष २७ को फुर्वा तामाङ र ट्रकमा चालक जिल्ला भक्तपुर सुर्यबिनायक बस्ने बर्ष ५८ को रामचन्द्र अधिकारी, घाटिमा भित्री चोट लागी घाईते भएका छन् । त्यसरी नै बसमा सवार ११ जना मध्य जिल्ला सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–२ बस्ने बर्ष ७०को युक्त बाहदुर खत्री र सोही जिल्ला बलेफि गाउँपालिका–६ बस्ने बर्ष ६६ को गोपिलाल पराजुली घाईते भएका छन् ।

सामान्य घाईतेहरुको स्थानीय क्लिनिकमा र अन्यलाई धुलिखेल अस्पतालमा उपचार गरीरहेको प्रहरीले जानकारी दिएका छन् । बस र बस चालक जिल्ला काभ्रे भुम्लु गाउँपालिका–१ बस्ने बर्ष २५ को सुमन बस्नेत प्रहरी चौकी पाँचखालको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments