बिपी राजमार्ग र आसपासमा तत्काल यातायात सञ्चालनको लागि पहल र समन्वय सुरु

रोशी खोलाले बगाएको खण्ड चौकीडाँडामा नमोबुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिकाको संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

काभ्रेपलाञ्चोक/अघिल्लो वर्ष असोजमा क्षतबिक्षत भई अस्थायी रुपमा सञ्चालनमा आएको बिपी राजमार्गलाई यस पटक पनि असोज १७ र १८ गतेको वर्षात् र बाढीले ठुलो असर गर्यो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका हुँदै जाने यस सडकमा क्षति भएपछि पूर्वी पहाडी र पूर्वी तराईका जिल्लाहरुको यात्रा टुटेको छ । यही कारण नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका हुँदै जिल्लाकै दुर्गम डाँडापारी पुग्ने यातायातसमेत बन्द भएको छ ।

यसै अवस्थालाई मध्यनजर गर्दै बिपी राजमार्ग र आसपासका क्षेत्रमा तत्काल यातायात सञ्चालनको पहल र समन्वयका लागि चौकीडाँडामा नमोबुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिकाको संयुक्त बैठक बसेको छ ।

नमोबुुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाधारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बासहित सडक विभागका पदाधिकारीहरु, निर्माण व्यवसायीहरुका साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सो बैठकले बिपी राजमार्गलाई तत्काल सञ्चालनको निम्ति (अरुथायी रुपमा) स्थानीय तहहरुले समन्वय र सहजीकरण गर्ने र सडक विभाग तथा निर्माण व्यवसायीले आजैको मितिबाट काम सुरु गर्ने निर्णय गरेको छ । यसका लागि मेशिनरी उपकरणहरु, जनशक्ति तथा स्रोत साधन अपुग भएमा सडक विभागले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

विकट डाँडापारीको सम्पर्क टुटेको थानसिङवेंशी पक्की पुलमा बेलिब्रिज निर्माणका लागि अनुरोध गर्ने निर्णय भएको छ । निर्णयमा भनिएको छ–नमोबुद्ध वडा नं ६ र रोशी गापा–७ जोड्ने थानसिङङेंशी पक्कीपुल गत बर्षको विपद्को कारणले गर्दा पूर्ण रुपमा क्षति भएकोले त्यसलाई व्यवस्थापन गर्न तत्काल बेलिब्रिजको व्यवस्थापन र दीर्घकालमा पक्की पुल नै निर्माण गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभागलाई अनुरोध गर्ने ।

यस्तै, नमोबुद्ध वडा नं ६ मा पर्ने चरङ्गे दोभान दाप्चा खोलामा बेलब्रिज निर्माण सम्बन्धमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभागलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Lahachhap

बैठकले यी माथिका निर्णयबाहेकका विषयमा केही परिस्थितिकिय या व्यावहारिक समस्या परेको खण्डमा नमोबुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिका, सडक विभागलगायत सम्बन्धित पक्षवीच समन्वय र सहकार्य गर्ने उल्लेख छ ।

बैठकमा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबा (ज्वाला), रोशीका प्‌मुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना, पालिका प्रवक्ता वसन्त तामाङ्ग, नमोबुद्धनपाका प्रवक्ता टिकाबहादुर केसी, सडक विभागका इन्जिनियर दुर्गा प्रसाद र प्रहरी चौकी कटुन्जेका प्रहरी सहायक निरीक्षक राजेन्द्र ढुङ्गेललगायतको सहभागिता थियो ।

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments