विचारः

आत्मजागरणका लागि एकताको खाँचो

  • डा राम कृष्ण तिमल्सेना  

काठमाडौँ / नेपाल आज राजनीतिक रूपमा स्वतन्त्र छ तर व्यवहारमा र आत्मामा अझै दास छ । हामीले झण्डा र हात त उठायौँ, तर चेतना उठाउन सकेनौँ । देशको नाम लियौँ तर हृदयमा राष्ट्रको स्वरुप र नक्सा राख्न सकेनौँ । सङ्कटको घडीमा हामी प्रायः अरूलाई दोष दिन्छौँ –कहिले भारत, कहिले चीन, कहिले अमेरिका । तर सत्य के हो भने नेपाललाई कसैले हराइरहेको छैन, नेपाल आफैँ आफ्नै कमजोरीबाट हराइरहेको छ । राष्ट्र निर्माण बाह्य शक्तिले होइन, हरेक नागरिकको जागरूक चेतनाले सम्भव हुन्छ । तल उल्लिखित केही विषयले यो अवस्था सिर्जना गराउन सक्नेछ :

आफैँबाट सुरु हुने शासन : अर्कालाई दोष दिन सजिलो छ, किनकि यसले हामीलाई आफ्ना कमजोरीको सामना नगरी जोगाउँछ । दोष दिने संस्कृतिले हामीलाई आलोचक बनायो तर सर्जक बनाएको छैन । सङ्कटको घडीमा हामीले आफैँसँग सोध्नु पर्छ–“मैले के गरेँ ?” नेताको प्रतीक्षा गरिरहेका छौँ तर नेता जन्माउने समाजको भूमिका बिर्सिएका छौँ । संविधान र नीति बनाइयो तर अनुशासन र चेतनाको निर्माण नगरी मात्र नारा घन्कायौँ । यही कमजोरी नै हाम्रो अस्थिरता र राजनीतिक असफलताको मूल कारण हो ।

भगवद्गीताले भन्छ– “उद्धरेदात्मनाऽत्मानं,” अर्थात् मानिसले आफैँलाई आफैँले उठाउनुपर्छ । नेपालको मुक्ति यही वचनमा निहित छ । बाह्य सहयोग वा सल्लाहले राष्ट्र बच्दैन; नेपालीको आत्मा जागृत हुनुपर्छ । जब किसानले आफ्नो खेत इमानदारीपूर्वक जोत्छ, शिक्षकले निष्ठापूर्वक पढाउँछ, न्यायाधीशले सत्य बोल्न डराउँदैन, युवाले राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन, त्यही दिन नेपाल जाग्नेछ । आन्तरिक आत्म अनुशासनका क्षणमा मात्र देश र शासन स्थायी हुन सक्छ ।

रणनीति र विवेक : नेपाल दुई विशाल देश बीच अबस्थित छ । यसको भौगोलिक स्थिति संवेदनशील छ, तर त्यही संवेदनशीलता अवसरमा बदल्न सकिन्छ । विदेशी शक्तिहरू स्वभावतः आफ्नो स्वार्थ हेर्छन्; त्यसमा दोष छैन । तर हाम्रो कमजोरी भनेको भविष्यको दृष्टिकोण, रणनीति र निर्णय क्षमतामा छ । यदि हामी भावनात्मक प्रतिक्रियाभन्दा बुद्धिमतापूर्वक योजना बनायौं भने कुनै पनि बाह्य दबाबले हाम्रो अस्तित्वलाई खतरा पु¥याउन सक्दैन । राष्ट्रको सुरक्षा रणनीति केवल प्रतिरोध होइन, पूर्वदृष्टि र विवेकपूर्ण निर्णयमा आधारित हुनुपर्छ ।

सिंहदरबारभन्दा बाहिर जन्मिने शासन : नेपालको शासन सिंहदरबारमा मात्र जन्मदैन, प्रत्येक घर र हृदयमा जन्मिन्छ । जब नागरिक आफ्ना दायित्वमा सत्य र निष्ठापूर्वक लागि पर्छन्, तब राष्ट्रको शासन स्वयम् पवित्र र बलियो हुन्छ । दोषको संस्कृतिले विभाजन ल्याउँछ भने योगदान र उत्तरदायित्वको संस्कृतिले एकता ल्याउँछ । अब समय आएको छ, अरूलाई दोष दिने संस्कृतिलाई छोडेर आफैँ सुधार्ने, आफ्ना जिम्मेवारीलाई आत्मसाथ गर्ने संस्कृतिको विकास गर्नुपर्ने छ । राष्ट्रको पुनर्जागरण दोषबाट होइन, दायित्व र योगदानबाट हुन्छ ।

नेतृत्व र युवा शक्ति : राजनीतिक नेतृत्वका दृष्टिले पनि अब समय आएको छ । शीर्ष तहका नेता र वरिष्ठ राजनीतिक दलका सदस्यहरूले सक्रिय राजनीतिबाट पछि हटेर सलाहकारको भूमिका निर्वाह गर्नु आवश्यक छ । युवा नेतृत्वलाई अगाडि आउन प्रोत्साहित गरिनुपर्छ, ताकि उनीहरूले देशका चुनौतीहरू नयाँ दृष्टिकोण र उत्साहका साथ समाधान गर्न सकून् । अनुभवको मार्गदर्शन र युवाको जोससँगै रहेमा मात्र नेपालले स्थिर, प्रगतिशील र सुसंगठित राष्ट्र बन्न सक्छ ।

अभिभावक र सन्तान : यस यात्रामा अभिभावकहरूको भूमिका अतुलनीय छ । आफ्ना सन्तानलाई दोष दिने संस्कृति र आलस्यको बाटो होइन, जिम्मेवारी र सक्रियताको पाठ सिकाउनु पर्दछ । अभिभावकले स्वयं पनि उत्पादक र जिम्मेवार नागरिक बन्नुपर्छ, ताकि आफ्नो उदाहरणबाट सन्तानमा सकारात्मक संस्कार विकसित होस् । जेनरेशन जेडले अब पर्खाइ नगरी सक्रिय भूमिका लिनुपर्छ, सोच मात्र होइन, कार्यमा अग्रसर हुनुपर्छ । युवाहरूले चेतना र साहसका साथ अगाडि बढे मात्र राष्ट्र उज्यालो हुनेछ ।

यस्तो हुन सक्छ उज्यालोको मार्ग : नेपाललाई अरु कसैले बाह्य शक्तिबाट बचाउन सक्दैन । यो शक्ति नेपालीको हृदयमा छ । नेपालीको मन र कर्ममा हुनु पर्दछ । हामीले आफैँलाई उठाउनु पर्छ, आफ्नो कमजोरी स्वीकार्नु पर्छ, आफ्नो बलमा विश्वास गर्नुपर्छ । अँध्यारोलाई दोष नदिनुहोस्, आफ्नै दियो बाल्नुहोस् । देश उज्यालो हुन्छ, जब हरेक नेपालीको मन उज्यालो हुन्छ । नेपालको मुक्ति नयाँ प्रणालीमा होइन, पुरानो आत्माको पुनर्जागरणमा छ । यही जागरणको क्षणमा नेपाल फेरि हिमालजस्तै दृढ, गङ्गाजस्तै पवित्र, र जनकजस्तै विवेकी हुनेछ । हरेक नेपालीले नेपाललाइ मन बचन र कर्मबाट बचाउनेछ । यदि नेपालीहरू अरुको दोष देख्न होइन, आफ्नो क्षमता र उत्तरदायित्व सम्झन सक्ने भए भने उनीहरु राष्ट्रदीप बन्न सक्छन् । एकपटक राष्ट्रले सबैको सामूहिक प्रयत्न मागेको छ । अर्को पक्ष कर्म र धर्मको समायोजन हो । देश उठाउन र जगाउन कर्मलाइ पुजा बनाउन पर्छ ।

कर्म नै पूजा : मानव जीवनको सार कर्ममा निहित छ, र कर्मको दिशा धर्मले निर्धारण गर्छ । धर्मबिना कर्म अन्धो हुन्छ, कर्म बिना धर्म निष्प्रभावी हुन्छ । यी दुई जब सन्तुलित हुन्छन्, तब जीवनमा शान्ति, शासनमा न्याय, र समाजमा स्थिरता बस्छ । नेपालको वर्तमान अवस्था हेर्दा देखिन्छ कि हामी धर्मको नाममा निष्क्रिय र कर्मको नाममा अविवेकी भयौं । कोही कर्म गर्छ तर उद्देश्य स्वार्थ हो, कोही धर्मका कुरा गर्छ तर व्यवहारमा कपट छ । यही असन्तुलनले नै देशमा अव्यवस्था जन्माउँछ । कर्म र धर्मको समायोजन भनेको यही असन्तुलनलाई सन्तुलनमा रूपान्तरण गर्ने आन्तरिक साधना हो ।

कर्मः समाजको गतिशील शक्ति : कर्म भनेको केवल काम होइन, चेतनासहितको प्रयत्न हो । श्रम, सेवा, सिर्जन– यी सबै कर्मका रूप हुन् । जब व्यक्ति आफ्नो कामलाई कर्तव्यका रूपमा गर्छ, त्यो नै सच्चा कर्म हो । नेपालको पुनर्जागरण कर्मको पुनव्र्याख्याबाट सुरु हुनुपर्छ । सरकारी कर्मचारीले आफ्नो कामलाई बोझ होइन, राष्ट्रसेवा मान्न सक्नु पर्दछ; किसानले माटोलाई पूजा ठान्नु पर्दछ; शिक्षकले पढाउने कामलाई आत्मअर्पणको अभ्यास बनाउनु पर्दछ; युवाले आफ्नो श्रमलाई राष्ट्र निर्माणको जिम्मेवारी ठान्नु जरुरी छ; त्यो क्षणमा नेपाल पुनः जीवित हुनेछ । कर्मले मात्रै शासन चल्दैन, तर शासनको आत्मा जाग्रत हुन्छ । कर्म नै शासनको मेरुदण्ड हो ।

धर्मः विवेकको दिशा : धर्म भनेको धर्मग्रन्थको अनुकरण होइन, विवेकको अभ्यास हो । धर्मले कर्मलाई दिशा दिन्छ, ताकि शक्ति असंयममा नजाओस् । भगवद्गीताले भन्छ–“स्वधर्मे निधनं श्रेयः, परधर्मो भयावहः ।” अर्थात् आफ्नो धर्ममा स्थिर रहनु नै श्रेष्ठ हो । आफ्नो धर्म भन्नाले आफ्नो कर्तव्य, आफ्नो सत्य, आफ्नो दायित्व हो । जब मानिस आफ्नो स्वधर्ममा अडिग रहन्छ, कर्म स्वतः पवित्र हुन्छ । नेपालमा धर्मको अर्थलाई सङ्कुचित गरेर मात्र धार्मिक अनुष्ठानमा सीमित गरियो । धर्म वास्तवमा जीवनको नीति हो, कर्मको दिशा हो । यदि शासन धर्ममा आधारित हुन्छ भने त्यसले न्याय ल्याउँछ; यदि केवल शक्ति र स्वार्थमा आधारित हुन्छ भने त्यसले अन्याय जन्माउँछ ।

कर्म र धर्मको असन्तुलनको परिणाम : जब कर्म धर्मविहीन हुन्छ, तब दुराचरण जन्मन्छ; जब धर्म कर्मविहीन हुन्छ, तब ढोंग जन्मन्छ । आजको समाज यही दुई चरमबीच फसेको छ । कोही कर्म गरिरहेका छन् तर विवेक हराएका छन्; कोही धर्मको कुरा गर्छन् तर केही गर्दैनन् । नेपालमा धर्म र कर्मको सम्बन्ध पुनस्र्थापना नगरी सुशासन सम्भव छैन । धर्मले नीतिलाई शुद्ध बनाउँछ, कर्मले त्यसलाई कार्यान्वयन गर्छ ।

कर्मयोग र शासन : शासनको आधार पनि यही कर्मयोगमा निहित छ । कर्मयोगी नेता, कर्मचारी, वा नागरिकले आफ्नो कर्तव्यलाई आत्मिक रूपमा बुझ्छ । उसले शक्ति होइन, सेवा खोज्छ । श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न भने तर घृणाले होइन, धर्मले प्रेरित भएर । यही सन्देश शासनका लागि पनि सान्दर्भिक छ । न्यायका लागि कार्य गर्नुपर्छ, व्यक्तिगत प्रतिशोधका लागि होइन ।

नेपालमा यदि नेतृत्व कर्मयोगमा आधारित भयो भने, त्यसले सत्ता होइन, सेवा निर्माण गर्छ । अनि शासन केवल व्यवस्थापन होइन, मूल्य संस्कारमा टेकेको प्रणाली बन्छ । कर्म र धर्मको एकीकृत चेतना साँचो नागरिक चेतना तब जाग्छ जब कर्म धर्ममा र धर्म कर्ममा मिसिन्छ । यदि नागरिकले आफ्नो कामलाई पूजा ठान्छ भने भ्रष्टाचार हराउँछ; यदि नेता आफ्नो जिम्मेवारीलाई साधना ठान्छ भने राज्य बलियो हुन्छ । कर्म र धर्मको समायोजन भनेको ‘कार्य नै प्राथना’ र ‘सेवा नै साधना’ बन्ने चेतना हो । जब हरेक नागरिकले आफ्नो कामलाई सेवा ठान्छ, त्यो राष्ट्रमा नैतिक शासन जन्मिन्छ ।

पारिवारिक र सामाजिक शिक्षाको भूमिका : कर्म र धर्मको संस्कार बाल्यकालमै सुरु हुनुपर्छ । अभिभावकले सन्तानलाई केबल परीक्षा पास गर्न होइन, कर्ममा निष्ठा र धर्ममा विश्वास राख्न सिकाउनु पर्छ । विद्यालयले ज्ञान मात्र होइन, मूल्यको शिक्षा दिनुपर्छ । जब समाजले नैतिकता र श्रमलाई बराबर सम्मान दिन थाल्छ, तब कर्म र धर्मको एकता स्थायी बन्छ । अन्ततः कर्ममै धर्मको तेज हो । कर्म धर्मको प्रत्यक्ष रूप हो, धर्म कर्मको आत्मा हो । दुबैको मेलले जीवन र राष्ट्र दुवैमा उज्यालो ल्याउँछ । नेपालमा शासन, समाज, र व्यक्ति– तीनै तहमा यही समायोजनको आवश्यकता छ । जब शासन धर्ममा, नागरिक कर्ममा, र समाज चेतनामा बलियो हुन्छ, तब नेपाल पुनः विवेक, न्याय र करुणाको प्रतीक राष्ट्र बन्छ । नेपाल बाँच्नेछ, उठ्नेछ र स्वाबलम्बी बन्नेछ जब कर्म र धर्म दुबै एउटै दिशामा बग्नेछ, जब काम सेवा बन्नेछ र सेवा नै पूजा बन्नेछ । सन्तान जिम्मेबार र चेतनशील बन्नेछन् र अभिभावक देशको निकासमा तल्लीन हुनेछन् ।

(लेखक नेशनल ल कजेजका संस्थापक प्राध्यापक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus