काठमाडौं/ डुबानको जोखिम बढेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने काम भइरहेको विभागले जनाएको छ ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, वाग्मती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ । थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् ।
विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित