बाढीले बीपी राजमार्गका डाइभर्सन बगायो

डाइभर्सनहरू बगाउन थालेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

काभ्रेपलाञ्चोक / गत वर्ष असोजमा आएको बाढीपछि बीपी राजमार्गमा बनाइएका डाइभर्सनहरू बगाउन थालेको छ । रोशी खोलामा पर्ने विभिन्न डाइभर्सनहरू शुक्रबारदेखि परेको अविरल वर्षापछि केहीबेर अघिबाट बगाउन थालेको हो ।

रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न ठाउँमा राखिएका डाइभर्सनहरू बगाउन थालेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

‘अहिले डाइभर्सनहरू बगाउन थालेको छ । बोक्सीकुना, घुमाउने, खार्पाचोक बेसी र चौकीडाँडामा रहेका डाइभर्सनहरू बगाइसकेको छ,’ उनले भने ।

रोशी गाउँपालिका-९ बोक्सेकुनास्थित बिपी राजमार्गमा बाढीले सडक कटान गर्दै डाइभर्सन बगाएको छ। जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुसार बाढी र पानीको बहाव बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments