लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् आउन सक्ने जोखिम रहेको भन्दै सम्भावित क्षति न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी तथा काठमाडौँ उपत्यकामा प्रवेश र बाहिरिने सवारी आवतजावतका लागि रोक लगाइएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले सूचना जारी गर्दै सो अवधिमा सवारी सञ्चालन नगर्न अनुरोध गरेको हो ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments