बाढी पहिरो आई बाटो अवरुद्ध हुन सक्ने वा अन्य क्षति हुन सक्ने आँकलन गरि सावधानीस्वरुप सवारी साधन होल्ड गरिएको।
काभ्रेपलान्चोक / बिपी राजमार्ग र अरनिको राजमार्गहुदै आवतजावत गर्ने सवारी साधनलाइ बिभिन्न ठाउँमा ‘होल्ड’ गरि राखिएको छ। हिजो साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा बाटो अवरुद्द भएका छन्।वर्षातका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सवारी साधन होल्ड गरिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ।
कार्यालयका अनुसार धुलिखेल, काभ्रेभन्ज्याङ्, भकुण्डेबेशी र मंगलटारमा सवारी साधन होल्ड भएका छन्। अविरल वर्षाका कारण रोशी क्षेत्रमा बाढी पहिरो आइ बाटो अवरुद्द हुन सक्ने वा अन्य क्षति हुन सक्ने आँकलन गरि सावधानीस्वरुप सवारी साधन होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले जानकारी दिए ।
रोशी क्षेत्र गत वर्षको बढी पहिरोका कारण अति प्रभावित क्षेत्र हो। गतवर्षको असोज १० गतेदेखि १३ गतेसम्मको बिषण वर्षा र त्यसपछिको बाढी पहिरोले बिपी राजमार्गसहित त्यस क्षेत्रका निजि तर सार्वजनिक सम्पतिको क्षति भएको थियो। उतिबेला बगाएको राजमार्ग निर्माण भैसकेको छैन। खोला किनारबाट यात्रा गन्रु पर्ने भएकाले कुनैपनि क्षति हुन नदिन ट्राफिकले सवारी होल्ड गरेको हो।
प्रहरी निरीक्षक धाँजुका अनुसार बिपी राजमार्गअन्तर्गत ‘माम्ती’मा पहिरो गएको र रोशी खोलाको बहाब बढेकाले तत्काल सवारी संचालन कठिन भएको छ भने अरनिको राजमार्गअन्तर्गत खवास्थित तिरतिरे धारामा आएको पहिरोले बाटो अवरुद्द भएको छ। अरनिको राजमार्ग चल्ने सवारी साधनसमेत सुरक्षित स्थानमा होल्ड गरिएको छ।
त्यसैगरी ट्राफिक प्रहरी, नेपाल प्रहरी, शशस्त्र प्रहरीसहित जिल्ला स्थित विपद ब्यवस्थापन समितिले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र घरबाट बाहिर ननिस्कन नागरिकहरुलाई माईकिङ्ग गरिरहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ आश्विन २८ गते