बजेट अभावमा बुधबारदेखि अमेरिकाको सरकार बन्द 

काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन) भएको छ।

सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सुरु भएको हो।

बन्दको बेला संघीय निकायले कर्मचारीहरूलाई व्यापक रूपमा बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवाहरू कटौती गर्ने अपेक्षा गरिएको छ।

दक्षिणपन्थी रिपब्लिकन पार्टीले सानो सरकारको वकालत गर्छ। सरकारको व्यापक भूमिका हुनुपर्छ भन्ने डेमोक्र्याटिक पार्टीले बजेट पास हुन नदिए सरकारको आकार घटाउन धेरै दरबन्दी खारेज गर्ने रिपब्लिकन पार्टीले धम्की दिँदै आएको थियो।

त्यसैले यसको प्रभाव दुर्गामी हुन सक्ने भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ। अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरु हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments