डेङ्गी रोग सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाको आग्रह

आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ ।

डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो ।

Lahachhap

उहाँका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेङ्गीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको ।

कामनपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो सङ्क्रमण देखिएको थियो । सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ ।

डेङ्गी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेङ्गीको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेङ्गी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।

दुई दशकदेखि नेपालमा डेङ्गी रोग सङ्क्रमण

नेपालमा २०६१ सालदेखि डेङ्गी देखिन थालेको हो । देशभरि डेङ्गी संक्रमणको तथ्याङ्क हेर्दा सन् २०२४ मा ६ हजार ८३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ जनाको मृत्यु भयो । त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ५२ हजार ७९० जनामा संक्रमण देखिँदा २० जनाको मृत्यु भयो । सन् २०२२ मा पनि डेङ्गीको संक्रमण उच्च थियो । त्यस वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिँदा ८८ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा ५४० जनामा संक्रमण देखिँदा ५ जनाको मृत्यु भयो । सन् २०२० मा ५३० जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा भने १७ हजार ९९२ जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो ।

सामान्यतयाः बर्खायाममा देखिने यो संक्रमणको वृद्धि दर भदौ, असोज र कार्तिक महिनामा धेरै देखिन थालेको छ । काठमाडौँसहित नेपालका १० जिल्लामा यो संक्रमण प्रकोपका रुपमा देखा परेको छ ।

सन् २००४ देखिको तथ्याङ्क हेर्दा सन् २००९ सम्म डेङ्गी संक्रमणका कारण कुनै कसैको पनि मृत्यु भएको देखिँदैन । सन् २०१० मा ९१७ जनामा डेङ्गी देखिँदा ५ जनाको मृत्यु भएको थियो । यसपछिका ४ वर्ष संक्रमणबाट कसैको पनि मृत्यु भएन ।

सन् २०१५ मा १३५ जनामा डेङ्गीको संक्रमण देखियो । यसमध्ये १ जनाको मृत्यु भयो । सन् २०१६ मा १ हजार ५२७ जनामा डेङ्गी देखियो । सन् २०१७ मा २ हजार १११ जनामा, सन् २०१८ मा ८११ जनामा संक्रमण देखियो । यी वर्षहरुमा क्रमशः १, ३ र ३ जनाको मृत्यु भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments