जेन-जी आन्दोलनका मृतकका ४१ परिवारले राहत रकम पाए 

काठमाडौँ / गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई राहत रकम वितरण गरेको छ। २०८२ भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणलगायतका मागसहित जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सरकारले राहत उपलब्ध गराएको हो।

मन्त्रिपरिषद्ले गत असोज १० गते मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप रु. १० लाख र किरिया खर्च स्वरूप रु। ५ लाख गरी जम्मा रु. १५ लाख उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयअनुसार पहिचान भएका ५१ जना मृतकका परिवारलाई २८ वटा जिल्ला प्रशासन कार्यालयमार्फत गत शुक्रबार रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, आइतबार साँझसम्म ४१ परिवारले राहत रकम प्राप्त गरिसकेका छन्। राहत लिनका लागि मृतकको स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयमा मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित र वडाको सिफारिससहित सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बाँकी मृतकका परिवारका सदस्यहरू पनि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्कमा रहेको र उनीहरूले आफ्नो सुविधाजनक समयमा राहत रकम लिन सक्ने जानकारी दिएका छन् ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments