कुशे गाउँपालिका अध्यक्ष बस्नेतमाथि आक्रमण प्रयास, दुई युवा घाइते

आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

सुर्खेत / जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आज बेलुकी कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा कुशे–४ का नवराज शाही र कुशे–७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments