मन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायत विषयमा छलफल भएको थियो ।

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, निर्वाचन र सुशासन कायम गर्नु रहेको बताउनुभयो ।

राजदूत थम्पसन अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments