नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

दुईवटा स्कुटर ठोक्किँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए । नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकारसमेत हुन् ।

काभ्रेपलान्चोक / नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान ४ बजे शर्माको निधन भएको हो ।

उनी गत साउन १० गते बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ को बीसमा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका तिमल्सिनाको साउन १० गते नै आकस्मिक रूपमा शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उनको पूर्ण रूपमा होस खुल्न सकेको थिएन।

दुईवटा स्कुटर ठोक्किँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए । नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकारसमेत हुन् ।

नेपालको पहिलो पोल्ट्री मंच मासिक प्रकाशन गरेका तिमल्सिनाको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौं कविता प्रकाशित छन् । तिमल्सिना रोशी वाङमय प्रतिष्ठानमा आवद्द थिए।

शर्माले युवा पत्रकारहरूलाई प्रोत्साहित गर्न नेपाल पत्रकार महासंघ काभ्रेसँगको सहकार्यमा टीपी शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी काभ्रेसँगको सहकार्यमा टीपी शर्मा युवा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेका थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments