मन्त्रिपरिषद विस्तार:

नवनियुक्त चार मन्त्रीले लिए शपथ, स्वास्थ्यमन्त्रीको नाम काटियो

स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि काटिएको हो ।

काठमाडौं । नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।

आइतबार स्वास्थ्यमन्त्रिमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम भने एकाएक काटिएको छ। उनको नाम काटिएसंगै स्वास्थ्यमन्त्रिको सफथ हुन सकेन।

स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि काटिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वसहित अन्य मन्त्रिहरुको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments