विन्धवासिनीको साधारणसभा सकियो, निर्णय प्रमाणिकरण असोज ८ गते

साधारणसभाको निर्णय प्रमाणिकरण सभा असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुने प्रमुख कार्यकारी अधिकृत केबी स्याङतानले जानकारी दिए ।

काभ्रेपलान्चोक / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा इकाईगत रुपमा सम्पन्न गरेको छ । सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत कारोबार गरिरहेको संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा इकाईगत रुपमा साधारणसभा गरेको हो ।

बनेपा, पाँचखाल, ढुंखर्क, बानेश्वर इकाईका र अन्तगर्तका उपइकाईको असोज ३ गते, खोपासी, पनौती र भकुण्डेवेशी इकाई र अन्तर्गतका उपइकाईको असोज ४ गते साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको निर्णय प्रमाणिकरण सभा असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुने प्रमुख कार्यकारी अधिकृत केबी स्याङतानले जानकारी दिए । इकाई साधारण सभामा नै निर्णय प्रमाणिकरण सभाका लागि प्रतिनिधी छनोट भइसकेका छन् ।

५९ हजार ३ सय ७१ सदस्य, १२ हजार १ सय ८६ शैक्षिक बाल बचतकर्तासहित ७१ हजार ५ सय ५७ जनालाई सेवा दिइरहेको संस्थाले असोज २ गतेसम्म ५ अर्व ४३ करोड २७ लाख ७ हजार ८० रुपैयाँको कारोबार गरेको नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी दिए । सहकारीमा ५४ करोड ९० लाख ७ हजार ५ सय शेयर पुँजी, ४ अर्ब ६ करोड ४५ लाख ८६ हजार ३ सय १५ रुपैयाँ बचत छ भने ३ अर्ब ५४ करोड ३१ लाख १८ हजार ऋण लगानी गरेको छ ।

विभिन्न समयमा विभिन्न निकायबाट सम्मानित भएको सहकारीलाई एशियाली ऋण महासंघ (अक्कु)ले समेत क्युमी अवार्ड प्रदान गरिसकेको छ । समुदायमा आधारित विन्धवासिनीले सदस्यहरुलाई विभिन्न प्रकारका राहत र सामाजिक कृयाकलाप गर्दै आएको छ ।

भकुण्डेवेशी इकाईको साधारण सभामा सम्मान

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशीमा गरेको इकाईगत साधारणसभामा विभिन्न विधामा सम्मान गरिएको छ ।

शनिवार भएको साधारण सभामा संस्थामा उत्कृष्ट बचत कारोबार गर्ने नमोबुद्ध वडा नं ४ का कमला काफ्ले, अधिकतम शेयर खरिद गर्ने रोशी गाउँपालिका वडा नं ११ का विदुरप्रसाद बर्तौला, उत्कृष्ट शैक्षिक बालबचतकर्ता नमोबुद्ध ८ का निष्ठा अधिकारी र उत्कृष्ट लघुवित्त समुहमा नमोबुद्ध ८ को न्यू कालिकादेवी महिला बचत समूहलाई सम्मान गरियो । सहकारी संस्थाका सचिव डोेरेन्द्रराज सापकोटा, सञ्चालक समिति सदस्य गणेश पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

साधारणसभा नयाँ जेष्ठ सदस्यलाई टेक्न लौरो प्रदान गरियो भने अन्य जेष्ठ सदस्यलाई १ हजार ५ सय नगद भत्तासहित सम्मान गरियो । क र ख वर्गको अपांगता भएका ३५ जनालाई २ हजार ४ सय र १ हजार ८ सयका दरले अपांगता सदस्य भत्ता सहित सम्मान गरिएको थियो । २१ जना शेयर सदस्यका बालबालिकालाई एसइइ सम्मान प्रदान गरियो भने १७ जनलाई असल ऋणी सहुलियत परिचय पत्र प्रदान गरियो ।

कार्यक्रममा भकुण्डेवेशी सेवा कार्यालय व्यवस्थापक राजेन्द्र श्रेष्ठले सेवा कार्यालयको भदौ मसान्तसम्मको प्रगति प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार, सेवा कार्यालय अन्तर्गत मिश्रित १ सय ५५ समूह, १ सय २५ लघुवित्त समुह, महिला २ र युवा १ गरी २ सय ८५ समुह छ । नमोबुद्ध नगरपालिकाका साथै रोशी र तेमाल गाउँपालिकाका ६ हजार ४ सय १२ जना शेयर सदस्य र ८ सय २५ बाल बचतकर्तालाई सेवा कार्यालयले सेवा दिइरहेको छ । सेवा कार्यालय अन्तर्गत २ करोड ९३ लाख ४० हजार शेयर पुँजी छ भने १४ करोड ६४ लाख ३१ हजार बचत छ । १७ करोड ५७ लाख ७१ हजार कुल पुँजी रहेको सेवा कार्यालयले अन्य कार्यालयमार्फत समेत गरी ३५ करोड १२ लाख १० हजार ऋण लगानी गरेको छ । सहकारीले गत बर्ष १ सय ९८ जनालाई १४ लाख ३६ हजार २ सय ९९ बराबरको राहत रकम उपलव्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments