प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले भेटेरै बधाई दिए

काठमाडौँ / नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौँस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।

Lahachhap

भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।

साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

जेन जेड आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments