उच्च आदर्श र नैतिक मूल्य – समाजमा स्थापित भएको, यसको मापन कठिन त हुन्छ नै तर पनि योग्य पहिचान सूची र मापदण्डको आधारमा छनौट गर्ने। हेक्का रहोस – कुनै लहड वा अति महत्वाकांक्षाले मात्र जन चाहना र पदिय दायित्व निर्वाह हुन सक्दैन । दृढ ईच्छा शक्ति, नेतृत्व र सहकार्य शैली तथा शासकीय ज्ञान /सीप ( Governance knowledge / skill) यसकालागि पुर्वशर्त हुनै पर्दछ ।
दृष्टिकोण ( Vision) र कार्ययोजना स्पष्ट भएको: परिवर्तन लाई आत्मसात गर्ने तथा तत्कालीन समस्यालाईतत्काल हल गरि दीर्घकालीन नीति तय गर्न सक्ने । निर्णय क्षमता र नेतृत्व गर्ने गुण रहेको ।
नागरिकका चाहनालाई – आत्मसात, संस्थागत र आन्तरिकीकरण गर्न सक्ने ज्ञान, सीप र धारणा विद्यमान रहेको ।
नागरिकका समस्या बुझेको र हल गर्न सक्ने खुवी भएको ।
सम्वैधानिक, कानुनी एवं विषयगत मन्त्रालयको जानकार, क्षेत्रगत ज्ञान: जस्तो; नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४, नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ जस्ता सामान्य विषय समेतको जानकार । त्यस्तै – सङ्गठन निर्माण तथा सन्चालन र नतिजामा आधारित व्यवस्थापन गर्न र समूह परिचालन गर्न सक्ने न्यूनतम खुवी भएको । प्राविधिक पक्षको जानकार ।
समावेशी र सामाजिक न्याय सङ्गत: भुगोल, जातजाति, भाषा, संस्कृति समेतको समावेशी तर कार्य क्षमतामा आधारित ।
(प्रदीप राज कणेल, अवकाशप्राप्त गृह प्रशासक हुन्)
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित