‘जेन-जी’कै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं/ आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई ‘म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु’ र प्रधानमन्त्री भएपछि पहिलो बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेर भनेका थिए।

तर आन्दोलनरत जेन-जीका प्रतिनिधि भने संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो। अन्तत: शुक्रबार राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments