काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ ।
“पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित