रामेछाप कारागारमा गोली चल्दा ३ को मृत्यु, स्थिति नियन्त्रणमा

रामेछाप/कारागार कार्यालय रामेछापको जेलमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको  भित्रको गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो ।

अस्पतालमा ल्याइएका घाइते मध्ये ३ जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ । गोली लागेर १३ जना  कैदीहरू घाइते भएको रामेछापका प्रजिअ श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

बिहानै कारागार परिसरमा गोली चलेको आवाज सुनिएको  रामेछाप बजारका स्थानीयहरूले बताएका छन् । घाइते कैदीबन्दिहरुलाई अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ ।

रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दीहरु रहेको प्रजिअ थापाले बताउनु भयो । अहिले स्थिति नियन्त्रणमा आइसकेको रामेछाप प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments